एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता
चितवन, २७ कार्तिक । एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ। मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित कार्यक्रममा सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।
पहिलो सिजनमा विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ। सम्झौतामा विराटनगर किंग्सका तर्फबाट टिम मालिक पारस लुनिया, नारायण मुन्दडा र सुयश प्याकुरेल उपस्थित थिए भने पीएलओ ग्रुपबाट भोलेश्वर दुलाल र आकाश दुलाल उपस्थित थिए।
कार्यक्रममा पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले विराटनगर किंग्सलाई आगामी सिजनहरूमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टिमले कोशी प्रदेशको गौरव बढाइरहेको उल्लेख गरे।
त्यस्तै, विराटनगर किंग्सका टिम मालिक पारस लुनियाले क्रिकेटले देशका युवाहरूलाई एकतामा बाँध्ने काम गरिरहेको र एनपीएलले नेपाली खेलाडीमा नयाँ उत्साह र उर्जा भरेको बताए।























