खजुरी खोलामा दुर्घटना हुँदा २० जना घाइते र उपचार जारी
प्रकाशित मिति: शुक्रबार, मंसिर ०५, २०८२ | १२:५४:०४
चितवन, ०५ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा आज एक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्।
नारायणघाटबाट बुटवलतर्फ गइरहेको लु २ ख २८४५ नम्बरको बस मध्यविन्दु–८ खजुरी खोलामा अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मधु नेपालका अनुसार घाइते सबैको उपचार मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा भइरहेको छ।
दुर्घटनापछि प्रहरी चौकी तम्सरिया बाट खटिएको टोलीले तत्काल उद्धार कार्य सम्पन्न गरेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ०५, २०८२ |
१२:५४:०४
353

























