रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२ | १७:५५:१२
चितवन, १० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पाँच विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ।
चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए। बोपाराले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा बोपाराको यो लगातार तेस्रो अर्धशतक हो ।
प्रकाशित मिति : बुधबार, मंसिर १०, २०८२ |
१७:५५:१२
419





















