युट्युबलाई अस्कर अवार्डको विश्वव्यापी प्रत्यक्ष प्रसारण अधिकार प्राप्त
प्रकाशित मिति: बिहिबार, पौष ०३, २०८२ | १६:४३:२४
चितवन, ०३ पुष । एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेज र युट्युबबीच बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ, जसअन्तर्गत युट्युबले अस्कर अवार्डको प्रत्यक्ष प्रसारणको विश्वव्यापी अधिकार प्राप्त गरेको छ।
सन् २०२९ मा हुने १०१औं अस्कर अवार्डको प्रसारण युट्युबमा प्रत्यक्ष हेर्न सकिनेछ। यस सम्झौताले सन् २०३३ सम्मका ग्लोबल अधिकार युट्युबलाई दिएको छ।
अस्कर अवार्ड वितरणको ५० वर्षमा पहिलोपटक यस्तो निर्णय भएको हो, पहिले अस्करको प्रत्यक्ष प्रसारण एबीसी टिभीमार्फत भइरहेको थियो।
प्रकाशित मिति : बिहिबार, पौष ०३, २०८२ |
१६:४३:२४
5325


















