नेप्से परिसूचकमा सामान्य सुधार, एसवाई प्यानलको शेयर मूल्य ७% ले बढ्यो
चितवन, ०८ पुष । पछिल्लो तीन दिनको निरन्तर घटबढपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ३.२७ अंकले बढेर दुई हजार ५८४.४९ को बिन्दुमा पुगेको छ।
आज ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता शेयर ९२ हजार ७४६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ पुगेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैंकिङ, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहका उपसूचकमा वृद्धि भएको छ। सबैभन्दा धेरै १.२८ प्रतिशतले अन्य समूहको सूचक बढेको छ। अन्य समूहको तुलनामा विकास बैंक, लगानी, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहका सूचकमा गिरावट आएको छ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै ७.०१ प्रतिशतले वृद्धि भएको छ, भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य ५.९७ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा, आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको रू ३० करोड ९८ लाख १७ हजार ३०८ बराबरको तीन लाख ९१ हजार ३७१ कित्ता शेयर किनबेच भएको छ।

















