सुन र चाँदीको मूल्य घट्यो
प्रकाशित मिति: बिहिबार, पौष १०, २०८२ | १२:०९:३३
चितवन, १० पुष । आज सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर ४ हजार ४ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, पौष १०, २०८२ |
१२:०९:३३
3081























