सुनचाँदीको भाउ फेरि हालसम्मकै उच्चमा पुग्यो
प्रकाशित मिति: शुक्रबार, पौष ११, २०८२ | १२:२२:३६
चितवन, ११ पुष । पछिल्ला केहि दिनदेखि स्थानीय बजारमा सुन र चाँदीको मूल्य लगातार बढिरहेको छ। आज पनि दुवै धातुको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला रु २,६९,३०० र चाँदीको मूल्य रु ४,५८५ कायम भएको छ। यो हालसम्मको उच्चतम मूल्य हो।
गत बुधबार छापावाल सुनको मूल्य रु २,६८,१०० र चाँदी रु ४,४२० थियो। बिहीबार भने दुवै धातुको मूल्यमा सामान्य गिरावट आइरहेको थियो, जसमा सुनको मूल्य रु २,६७,५०० र चाँदीको मूल्य रु ४,४०० मा कारोबार भएको थियो।
विश्लेषकहरूको अनुसार, अमेरिकी डलरको मूल्य बढेसँगै सुन र चाँदीको मूल्य पनि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा आज एक औंस सुनको मूल्य ४,५०० अमेरिकी डलर र चाँदीको ७५ अमेरिकी डलरको आसपासमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : शुक्रबार, पौष ११, २०८२ |
१२:२२:३६
2465























