भद्रपुर विमानस्थलमा एटीआर–७२ रन–वेबाट चिप्लियो, सबै यात्रु सुरक्षित
प्रकाशित मिति: शुक्रबार, पौष १८, २०८२ | २२:१२:१०
चितवन, १८ पुष । झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको एयरको विमानमा सवार सबै यात्रु सकुशल छन्। ९एन–एमएफ कलसाइनको एटीआर–७२ विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए। सबै यात्रुको सुरक्षित रूपमा उद्धार भइसकेको छ।
प्रकाशित मिति : शुक्रबार, पौष १८, २०८२ |
२२:१२:१०
4049



















