अपारदर्शी कारोबार नियन्त्रण गर्न नगदी सीमा घटाइयो : अर्थमन्त्री
प्रकाशित मिति: शनिबार, माघ १०, २०८२ | १६:२७:२१
चितवन, १० माघ । अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको बताएका छन् ।
आज काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कतिपय क्षेत्रमा अझै पनि अपारदर्शी ढंगले काम भइरहेको उल्लेख गरे ।
गलत तरिकाले आर्जन गरिएको कालो धनलाई सेतो बनाउने माध्यमका रूपमा ती निकाय प्रयोग भइरहेकाले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदी सीमा घटाइएको उनले बताए ।
उनले बैंक तथा वित्तीय संस्थाले अरू निकायको तुलनामा हालसम्म राम्रै काम गरेको उल्लेख गरे । अझै सावधान हुनुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।
उनले ‘फिजिकल करेन्सी’बाट ‘भर्चुअल करेन्सी’तिर र ‘फिजिकल बैंकिङ एक्सेस’बाट ‘भर्चुअल बैंकिङ एक्सेस’तिर जानुपर्ने आवश्यकतामा जोड दिए ।
प्रकाशित मिति : शनिबार, माघ १०, २०८२ |
१६:२७:२१
837













