नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो
प्रकाशित मिति: बुधबार, माघ १४, २०८२ | १३:३९:३६
चितवन, १४ माघ । नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्य ६ हजार ८ सय ७० रुपैयाँभन्दा ४३० रुपैयाँले बढी हो।
विशेषज्ञहरूले सुन–चाँदीको मूल्य वृद्धि अन्तर्राष्ट्रिय बजारमा सुनको माग र आपूर्ति, विदेशी मुद्रा, र आर्थिक अस्थिरतासँग सम्बन्धित रहेको विश्लेषण गरेका छन्।
प्रकाशित मिति : बुधबार, माघ १४, २०८२ |
१३:३९:३६
177














