स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो
स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ। शुक्रबारको तुलनामा दुवै धातुको मूल्यमा उल्लेख्य गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला पाँच हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ६५ रुपैयाँ रहेको थियो। त्यस्तै, बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो।
गत बुधबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ र चाँदी सात हजार ३०० रुपैयाँ कायम भएको थियो भने मङ्गलबार सुन प्रतितोला तीन लाख नौ हजार ३०० रुपैयाँ र चाँदी छ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ८६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सेतो धातु (चाँदी) प्रतिऔँस ८५ अमेरिकी डलरमा किनबेच भइरहेको छ। अन्तरराष्ट्रिय बजारको मूल्य घटबढको असर नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।













