तीन दिनमै तोलामा ५२ हजार ७०० ले घट्यो सुनको मूल्य
प्रकाशित मिति: सोमबार, माघ १९, २०८२ | १३:५४:२२
चितवन, १९ माघ । स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घट्दै दुई लाख ८६ हजार ६०० रुपैयाँमा झरेको छ। आइतबार भने सुन प्रतितोला तीन लाख रुपैयाँमा कारोबार भएको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर पाँच हजार २०० रुपैयाँमा झरेको छ।
यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। पछिल्ला तीन दिनको अवधिमा सुनको मूल्य कुल ५२ हजार ७०० रुपैयाँले घटिसकेको छ।
प्रकाशित मिति : सोमबार, माघ १९, २०८२ |
१३:५४:२२
573




















