सुन–चाँदीको मूल्य घट्यो, सुन तोलामा तीन हजार सस्तो
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १३:४४:२९
चितवन, ०४ फाल्गुण। अन्तर्राष्ट्रिय बजारको प्रभावस्वरूप आज नेपाली बजारमा पनि सुनचाँदीको मूल्य घटेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔँस ७७ अमेरिकी डलर पुगेको छ ।
अन्तर्राष्ट्रिय मूल्य घटबढसँगै स्थानीय बजारमा पनि त्यसको असर देखिएको व्यवसायीहरूले बताएका छन् ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१३:४४:२९
793





















