मसानटार बस दुर्घटना: बेपत्ता ९ वर्षीय बालकको शव सुनकोसीमा फेला
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १८:०३:२७
चितवन, ०४ फाल्गुण। गत मंगलबार मसानटार क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो भने तीन जना सुनकोसी नदीमा बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये एक जनाको शव फेला परेपछि उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१८:०३:२७
815





















