शेर्पा समुदायले नेपाल र नेपालीको प्रतिष्ठा बढाउन महत्वपूर्ण भूमिका खेलेको छ : राष्ट्रपति पौडेल
प्रकाशित मिति: मंगलबार, फाल्गुण ०५, २०८२ | १६:४०:२४
चितवन, ०५ फाल्गुण। नेपालका विभिन्न जातजातिमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदाय भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ।
उहाँका अनुसार शताब्दीयौँदेखि हिमाली क्षेत्रबाट विश्वभर फैलिएको शेर्पा समुदायले आफ्नो मात्र नभई नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।
नेपाल शेर्पा सङ्घको आयोजनामा शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले मौलिक संस्कृति, भाषा र परम्पराले नै नेपालको वास्तविक पहिचान निर्माण गरेको उल्लेख गर्नुभयो।
प्रकाशित मिति : मंगलबार, फाल्गुण ०५, २०८२ |
१६:४०:२४
683





















