म्याग्दीमा हिमाली जिल्लाको मान्यता कार्यान्वयन प्रमुख चुनावी मुद्दा
प्रकाशित मिति: बुधबार, फाल्गुण ०६, २०८२ | १३:२४:२२
चितवन, ०६ फाल्गुण। सरकारले विसं २०७५ मा म्याग्दीलाई हिमाली जिल्लाको रूपमा सूचीकृत गरे पनि कानुनी र प्रशासनिक कमजोरीका कारण यसको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन।
यही कारण म्याग्दीका उम्मेदवारहरूले हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउने विषयलाई चुनावी एजेन्डाको केन्द्रमा राखेका छन्।
हिमाली जिल्लाको मापदण्डअनुसार बजेट विनियोजन, कर्मचारी प्रोत्साहन र विकास योजना नहुँदा दुर्गम बस्तीहरू अझै पछि परेको उम्मेदवारहरूको भनाइ छ।
कर्मचारी टिक्न नमान्ने, योजना अधुरो हुने र स्थानीय तहमा थप आर्थिक बोझ पर्ने समस्या यथावत् रहेको उनीहरूले औँल्याएका छन्।
सन्तुलित विकासका लागि कानुन संशोधन अपरिहार्य भएको निष्कर्षसहित उम्मेदवारहरू मतदातासामु प्रस्तुत भएका छन्।
प्रकाशित मिति : बुधबार, फाल्गुण ०६, २०८२ |
१३:२४:२२
485





















