गगनकुमार थापा: २०४६–०५१ को कांग्रेस सरकार स्वर्णिम युग
प्रकाशित मिति: बिहिबार, फाल्गुण ०७, २०८२ | १९:२९:०७
चितवन, ०७ फाल्गुण। कांग्रेस सभापति गगनकुमार थापाले २०४६–०५१ को अवधिमा कांग्रेस नेतृत्वको सरकारले आर्थिक सुधारका दह्रो पाइला चालेको दाबी गर्नुभएको छ ।
उहाँका अनुसार त्यसै समय सुरु भएका नीतिहरूको प्रभाव आज पनि मुलुकको विकास प्रक्रियामा देख्न सकिन्छ ।
कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले आफ्ना सार्वजनिक नीतिबारे नागरिकलाई प्रभावकारी रूपमा बुझाउन नसक्नु कमजोरी भएको स्वीकार गर्नुभयो ।
तथापि, २०५९ सालतिर अघि सारिएका योजनाहरू नै आजका धेरै विकास परियोजनाको आधार बनेको उहाँको भनाइ थियो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुण ०७, २०८२ |
१९:२९:०७
89





















