देशभर ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन
प्रकाशित मिति: शुक्रबार, फाल्गुण ०८, २०८२ | १८:४१:४४
चितवन, ०८ फाल्गुण। मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन निर्वाचन आयोगले डिजिटल प्लेटफर्मको प्रयोगलाई तीव्र बनाएको छ।
आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत हालसम्म ३४५ वटा मतदाता शिक्षा सामग्री स्वीकृत गरी फेसबुक, एक्स, टिकटक र युट्युबमार्फत प्रसारण गरिएको छ।
यस्ता सामग्रीले मतदातालाई आधिकारिक र विश्वसनीय सूचना उपलब्ध गराउने, मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव कम गर्ने र निर्वाचनको स्वच्छता प्रवर्द्धन गर्ने आयोगको विश्वास छ।
साथै, आयोगले कलाकार, कन्टेन्ट क्रियटर र सामाजिक सञ्जालका इन्फ्लुयन्सरसँग सहकार्य गरी मतदाता शिक्षा सन्देशलाई अझ व्यापक बनाउने प्रयास गरिरहेको जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुण ०८, २०८२ |
१८:४१:४४
23




















