पार्किङ विवादपछि वीरगन्जमा कर्फ्यु, प्रशासनद्वारा आवतजावतमा रोक
प्रकाशित मिति: सोमबार, फाल्गुण ११, २०८२ | १३:३४:५५
चितवन, ११ फाल्गुण। सवारी पार्किङको विषयलाई लिएर भएको झगडापछि उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।
प्रशासनले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो ।
प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन तथा सभा–बैठक पूर्ण रूपमा निषेध गरिएको छ ।
प्रशासनका अनुसार हिजो साँझ पार्किङ व्यवस्थापनको विषयमा दुई पक्षबीच विवाद भई झगडामा परिणत भएको थियो । सो घटनापछि बजार क्षेत्रमा तनाव बढ्न सक्ने देखिएपछि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गरिएको हो ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ११, २०८२ |
१३:३४:५५
353























