सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव बास्तोलालाई थुनामुक्त गर्न आदेश
प्रकाशित मिति: बिहिबार, फाल्गुण १४, २०८२ | १८:५१:०७
चितवन, १४ फाल्गुण । सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनाबाट रिहा गर्न आदेश दिएको छ।
बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई थुनामुक्त गर्न निर्देशन दिएको हो।
बास्तोलालाई फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारसँग सम्बन्धित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनका विरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
प्रकाशित मिति : बिहिबार, फाल्गुण १४, २०८२ |
१८:५१:०७
551




















