निर्वाचनका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने, निर्वाचन आयोगको स्पष्टोक्ति
प्रकाशित मिति: आइतबार, फाल्गुण १७, २०८२ | १३:४०:४३
चितवन, १७ फाल्गुण। निर्वाचन आयोगका अनुसार निर्वाचनका दिन दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पास आवश्यक नपर्नेछ।
त्यस्तै, दूरसञ्चार सेवा, खानेपानी, विद्युत् तथा ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन र अस्पताल सेवामा प्रयोग हुने सवारीसाधन (चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका लागि) निर्वाध रूपमा सञ्चालन गर्न पाइने निर्वाचन आयोग ले जनाएको छ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १७, २०८२ |
१३:४०:४३
3147



















