पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, पहाड र हिमालमा वर्षा र हिमपातको सम्भावना
प्रकाशित मिति: आइतबार, फाल्गुण १७, २०८२ | १४:०७:४८
चितवन, १७ फाल्गुण। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ भने तराईका केही स्थानमा तुँवालो लागेको छ।
प्रकाशित मिति : आइतबार, फाल्गुण १७, २०८२ |
१४:०७:४८
3015



















