निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह
प्रकाशित मिति: आइतबार, फाल्गुण १७, २०८२ | १७:०५:२८
चितवन, १७ फाल्गुण। गृहमन्त्री ओमप्रकाश अर्याल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताउनुभएको छ।
यही फागुन २१ गते हुने निर्वाचनका क्रममा सुरक्षा व्यवस्थाबारे जानकारी लिन उहाँ आज नेपालगञ्ज पुग्नुभएको हो।
बाँकेमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अर्यालले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गर्नुभयो।
प्रकाशित मिति : आइतबार, फाल्गुण १७, २०८२ |
१७:०५:२८
3367



















