स्थानीय बजारमा सुनको मूल्य उकालो, चाँदी सस्तियो
प्रकाशित मिति: मंगलबार, फाल्गुण १९, २०८२ | १३:३१:३९
चितवन, १९ फाल्गुण। स्थानीय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको भाउ घटेको छ। सोमबारको तुलनामा सुन प्रतितोला दुई हजार ५०० रुपैयाँले बढेको हो भने चाँदी प्रतितोला २०५ रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला पाँच हजार ८१५ रुपैयाँ निर्धारण गरिएको छ।
सोमबार छापावाल सुन तीन लाख २६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला छ हजार २० रुपैयाँमा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा भने सुन र चाँदी दुवैको मूल्य उतारचढाव भइरहेका छन्।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १९, २०८२ |
१३:३१:३९
1167



















