पुल्चोक दाउरा थकालीमा आगलागी, नियन्त्रण प्रयास जारी
प्रकाशित मिति: मंगलबार, फाल्गुण १९, २०८२ | १७:२८:२९
चितवन, १९ फाल्गुण। ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिक पर्ने दाउरा थकालीमा आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, प्रहरी र नगरपालिकाको दमकल टोलीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।
हालसम्म आगो ठूलो मात्रामा नियन्त्रणमा आइसकेको छ।
प्रकाशित मिति : मंगलबार, फाल्गुण १९, २०८२ |
१७:२८:२९
1321





















