नेपाली अभिनेत्री सुहाना थापा नयाँ फिल्म “परालको आगो” मा मुख्य भूमिकामा
चितवन, २५ फाल्गुण । नेपाली चलचित्र क्षेत्रकी चर्चित युवा अभिनेत्री सुहाना थापा नयाँ नेपाली चलचित्र परालको आगोमा मुख्य भूमिकामा देखिने भएकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर यस चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । टिजरमा सुहाना थापा गाउँको परिवेशमा भावनात्मक तथा मानसिक संघर्ष भोगिरहेकी पात्रको रूपमा प्रस्तुत भएकी छन् ।
लक्ष्मण सुनारद्वारा निर्देशित यो चलचित्रले गाउँघरको पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र महिलाले भोग्ने चुनौतीहरूलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्रमा सुहाना थापासँगै सौगात मल्ल, प्रकाश सपूत, सृजना अधिकारी र किशोर भण्डारी लगायत कलाकारको अभिनय रहनेछ ।काठमाडौँमा जन्मिएकी सुहाना थापा नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री तथा निर्माता हुन् ।
उनले सन् २०१९ मा रिलिज भएको A Mero Hajur 3 बाट मुख्य अभिनेत्रीको रूपमा ठूलो पहिचान बनाएकी थिइन्। उनी अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ।
नेपाली फिल्म क्षेत्रमा उदाउँदै गरेको युवा अनुहारका रूपमा चिनिने सुहाना थापा अभिनयसँगै फिल्म निर्माणमा पनि सक्रिय रहँदै आएकी छन् ।





















