गोकर्णेश्वरको झाडीबाट पेस्तोलसहित १०० राउन्ड गोली बरामद
प्रकाशित मिति: बुधबार, फाल्गुण २७, २०८२ | १५:४७:२१
चितवन, २७ फाल्गुण । काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोलसहित ठूलो परिमाणमा गोली बरामद गरेको छ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेँलो पुल नजिकै खोला छेउको झाडीबाट मंगलबार दिउँसो एक थान पेस्तोल, तीन थान म्याग्जिन र एक सय राउन्ड गोली बरामद गरिएको हो।
प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उक्त हतियार फेला पारेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २७, २०८२ |
१५:४७:२१
309


























