खोटाङमा १७ करोड लागतमा सडक कालोपत्र सुरु, दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
प्रकाशित मिति: शुक्रबार, चैत्र ०६, २०८२ | १३:३२:०१
चितवन, ०६ चैत्र । दिक्तेल–खानीडाँडा–याम्खा हुँदै पञ्चमी बजार जोड्ने सडकमा कालोपत्र कार्य सुरु भएको छ।
कोशी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सुरु गरिएको यस परियोजनाले खोटाङको दक्षिणी क्षेत्रलाई सिधा सडक पहुँच प्रदान गर्नेछ।
निर्वतमान मन्त्री भुपेन्द्र राईले सडकको शिलान्यास गर्दै निर्माण कार्यमा ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्। उनले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिँदै स्थानीयलाई निगरानीमा सक्रिय हुन आग्रह गरेका छन्।
योजना अन्तर्गत सडक कटिङ, नाली, पर्खाल, कल्भर्ट तथा अस्फाल्ट कालोपत्रजस्ता काम गरिनेछ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०६, २०८२ |
१३:३२:०१
2817


















