पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परामर्शदाता नियुक्तिमा भ्रष्टाचार, २१ जनाविरुद्ध मुद्दा
प्रकाशित मिति: आइतबार, चैत्र ०८, २०८२ | १८:००:२३
चितवन, ०८ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा २१ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई प्रतिवादी बनाएको छ।
ठेकेदार कम्पनी China CAMC Engineering Co. Ltd. र परामर्शदाता ERMC/A-not/Slate JV ले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपपत्रमा उल्लेख गरिएको छ।
प्रकाशित मिति : आइतबार, चैत्र ०८, २०८२ |
१८:००:२३
1519























