कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, महाधिवेशन र निर्वाचन समीक्षामा केन्द्रित
प्रकाशित मिति: मंगलबार, चैत्र १०, २०८२ | १२:१५:५९
चितवन, १० चैत्र । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउने विषयसहित विभिन्न एजेन्डामा छलफल हुने बताइएको छ।
कांग्रेसले संस्थापक बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर आगामी भदौ २४ गते महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ।
यसअघि गत शुक्रबार र आइतबार बसेका बैठकहरूले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको हारको समीक्षा गरेका थिए। साथै, पार्टी सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय समेत गरिएको थियो।
केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा राजीनामा अस्वीकृत भएपछि सभापति थापा आजको बैठकमा सहभागी हुने नेताहरूले बताएका छन्। अघिल्ला बैठकहरूमा उपसभापति विश्वप्रकाश शर्माले बैठक सञ्चालन गरेका थिए।
प्रकाशित मिति : मंगलबार, चैत्र १०, २०८२ |
१२:१५:५९
3169



















