प्रतिपक्षमा बसेर पनि सरकारलाई रचनात्मक समर्थन गर्ने साम्पाङको धारणा
प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०८२ | १५:१५:४२
चितवन, १२ चैत्र । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (हर्क) साम्पाङले आफ्नो पार्टीले सरकारलाई रचनात्मक तथा आलोचनात्मक समर्थन गर्ने नीति अपनाएको बताएका छन्।
शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन पुगेका उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “हामी प्रतिपक्षमा बस्छौँ, किनकि जनताले दिएको म्यान्डेट नै त्यही हो। तर, प्रतिपक्षमा भए पनि रचनात्मक र आलोचनात्मक समर्थन गर्छौँ। प्रतिपक्ष भनेको सधैं विरोध मात्रै गर्ने भन्ने होइन, राम्रो काममा हाम्रो पूर्ण समर्थन रहनेछ।”
उनले यसपटकको संसद्मा आफूसहित धेरै नयाँ अनुहारहरू रहेको उल्लेख गर्दै अझै धेरै सिक्न बाँकी रहेको पनि बताए।
प्रकाशित मिति : बिहिबार, चैत्र १२, २०८२ |
१५:१५:४२
4731



















