ओली पक्राउको विरोधमा काठमाडौंमा झडप, ७ जना पक्राउ, एक घाइते
प्रकाशित मिति: शनिबार, चैत्र १४, २०८२ | १९:२०:१४
चितवन, १४ चैत्र । केपी शर्मा ओली को पक्राउको विरोधमा शनिबार काठमाडौं मा नेकपा एमाले का कार्यकर्ताले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग बबरमहल, बानेश्वर र माइतीघर क्षेत्रमा झडप भएको थियो।
झडपपछि प्रहरीले सात जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ भने एक जना घाइते भएका छन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको जनाइएको छ।
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले सडकमा टायर बालेर अवरुद्ध गर्दै ओलीलाई निःशर्त रिहा गर्नुपर्ने माग गरेका थिए। साथै, उनको पक्राउको विरोधमा देशका विभिन्न स्थानमा समेत प्रदर्शन गरिएको छ।
प्रकाशित मिति : शनिबार, चैत्र १४, २०८२ |
१९:२०:१४
1101



















