सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना
प्रकाशित मिति: सोमबार, चैत्र १६, २०८२ | १३:४६:०७
चितवन, १६ चैत्र । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री Deepak Khadka अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित Tribhuvan University Teaching Hospital मा भर्ना गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खड्कालाई आइतबार पक्राउ गरेको थियो । सोही दिन अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
यसअघि जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री KP Sharma Oli पनि सोही अस्पतालमा भर्ना भएका छन् ।
प्रकाशित मिति : सोमबार, चैत्र १६, २०८२ |
१३:४६:०७
3103



















