नेप्से ७४ अंकले घट्यो, सबै समूहका सूचक ओरालो
प्रकाशित मिति: बुधबार, चैत्र १८, २०८२ | १७:१२:०१
चितवन, १८ चैत्र । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.७३ अंकले घटेर २,७७६.३६ विन्दुमा झरेको छ, जुन २.६२ प्रतिशतको गिरावट हो।
आज ३४७ कम्पनीका ३ करोडभन्दा बढी कित्ता शेयर १ लाख २३ हजारभन्दा बढी कारोबारमार्फत किनबेच हुँदा १२ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बुधबारको कारोबारमा सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र बीमा समूहसहित सबै क्षेत्रमा गिरावट देखिएको छ।
प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२ |
१७:१२:०१
1233

















