एमालेको सचिवालय बैठक बस्दै
प्रकाशित मिति: शुक्रबार, चैत्र २०, २०८२ | १०:२७:४०
चितवन, २० चैत्र । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा कार्यवाहक उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले दिएको अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ ।
उपाध्यक्ष विष्णु पौडेलले आजको सचिवालय बैठकमा उक्त विषयमा गम्भीर छलफल हुने र आवश्यक निर्णय लिइने बताएका छन् ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२ |
१०:२७:४०
881

























