शंकर ग्रुपका अध्यक्ष र छोरा पक्राउ, सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान तीव्र
प्रकाशित मिति: शनिबार, चैत्र २१, २०८२ | १३:५२:३९
चितवन, २१ चैत्र । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा सुलभ अग्रवाल पक्राउ परेका छन्। सुलभ अग्रवाललाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो भने शंकरलाल अग्रवाललाई शुक्रबार नै पक्राउ गरिएको थियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
यसअघि, सोही प्रकरणमा दीपक भट्टलाई बिहीबार CIB ले पक्राउ गरेको थियो। उनलाई जिल्ला अदालत काठमाडौंले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। अग्रवाल र भट्ट व्यवसायिक साझेदार रहेको बताइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टसहित उनका अन्य साझेदारहरूमाथि पनि मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
प्रकाशित मिति : शनिबार, चैत्र २१, २०८२ |
१३:५२:३९
1277























