डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०८२ | १२:१०:५३
चितवन, २२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख निर्वाचित भएको घोषणा गरेका हुन्।
अर्यालको नाम सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०८२ |
१२:१०:५३
1277

























