सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०८२ | १२:१३:५३
चितवन, २२ चैत्र । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। यो अवस्था गत शुक्रबारदेखि निरन्तर कायम रहेको हो भने सुनको मूल्य भने गत बिहीबारदेखि नै परिवर्तन भएको छैन।
गत शुक्रबार अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला रु ५० ले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार कायम छ भने चाँदीको मूल्य प्रतितोला रु चार हजार ८३० निर्धारण गरिएको छ।
अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार ६७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतिऔँस ७३ अमेरिकी डलर पुगेको छ।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०८२ |
१२:१३:५३
793



















