सभामुख अर्यालको प्रतिबद्धता: संसद् सञ्चालनमा निष्पक्षता र समन्वयलाई प्राथमिकता
प्रकाशित मिति: सोमबार, चैत्र २३, २०८२ | १५:४०:४१
चितवन, २३ चैत्र । सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालनमा आफ्नो भूमिका पूर्ण रूपमा निष्पक्ष रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
सभामुखमा निर्वाचित भएपछि आज पहिलोपटक सभा सञ्चालन गर्दै उनले कार्यसूचीमा प्रवेश गराउनुअघि यस्तो धारणा राखेका हुन्।
उनले सबै पक्षबीच समन्वय कायम हुँदा संसद्को गरिमा अझ उँचो हुने विश्वास व्यक्त गर्दै आफ्नो भूमिका सधैँ तटस्थ र निष्पक्ष रहने स्पष्ट पारे।
पुराना ऐनहरू संशोधन गर्ने तथा आवश्यक नयाँ कानुन निर्माण गर्ने प्रक्रियामा संसद् सक्रिय रूपमा अघि बढ्नेमा पनि उनले आशावादी रहेको बताए।
सभामुखका रूपमा आफू समन्वयकारी, तटस्थ र निष्पक्ष ढंगले जिम्मेवारी निर्वाह गर्ने उनको भनाइ थियो।
प्रकाशित मिति : सोमबार, चैत्र २३, २०८२ |
१५:४०:४१
1365

























