रोशी खोला र बीपी राजमार्गको अवस्था बुझ्न गृहमन्त्रीको स्थलगत अनुगमन
प्रकाशित मिति: मंगलबार, चैत्र २४, २०८२ | ९:४८:४२
चितवन, २४ चैत्र । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको वर्तमान अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन्।
उनको सचिवालयका अनुसार, गृहमन्त्री गुरुङसहितको टोली आज बिहान ९ बजे काठमाडौंबाट काभ्रेतर्फ प्रस्थान गर्नेछ।
वर्षायाममा प्रत्येक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन्।
निरीक्षणका क्रममा गृहमन्त्रीले बाढी प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्नेछन्।
त्यसैगरी, वर्षा सुरु हुनुअघि सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने पनि जनाइएको छ।
प्रकाशित मिति : मंगलबार, चैत्र २४, २०८२ |
९:४८:४२
1607

















