पेट्रोलियम पदार्थमा कर घटाइयो : भन्सार र पूर्वाधार करमा ५०% छुट
प्रकाशित मिति: मंगलबार, चैत्र २४, २०८२ | १५:२८:०५
चितवन, २४ चैत्र । सरकारले डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महशुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पेट्रोलियम पदार्थमा लाग्दै आएको उक्त करमा ५० प्रतिशत छुट दिइएको जानकारी दिइन्।
प्रकाशित मिति : मंगलबार, चैत्र २४, २०८२ |
१५:२८:०५
1673



















