एमालेका अध्यक्ष ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी
प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०८२ | ११:१५:२९
चितवन, २६ चैत्र । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।
काठमाडौँ परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रहरीले अदालतको आदेश अनुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्री ओली चैत १४ गते शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन् ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले तेस्रो पटक थपिएको पाँच दिनको म्याद सकिएपछि हिरासतमा राख्न नमिल्ने ठहर गर्दै उक्त आदेश दिएको हो।
प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२ |
११:१५:२९
3565



















