जुम्ला प्रशासनमा कर्मचारी अभाव: काजमा बसेका अधिकृतका कारण सेवा प्रवाह प्रभावित
प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०८२ | १५:०९:००
चितवन, २६ चैत्र । जुम्लास्थित जिल्ला प्रशासन कार्यालयमा दरबन्दीअनुसार रहेका दुई जना अधिकृतस्तरका कर्मचारी गृह मन्त्रालयको काजमा बसेपछि सेवा प्रवाहमा समस्या देखिएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार कर्मचारी काजमै सीमित हुँदा कार्यालयको दैनिक कामकाज प्रभावित बनेको हो।
हाल सहायक प्रमुख जिल्ला अधिकारी शान्ति महत र शाखा अधिकृत रेश्मा बुढा दुवै जना काजमा रहेकाले कार्यालयमा जनशक्ति अभाव भएको छ। उनीहरू काठमाडौँमै रहे पनि सेवासुविधा भने जुम्लाबाटै लिइरहेका छन्।
कर्मचारी अभावका कारण नागरिकता, राहदानी सिफारिस, शान्ति सुरक्षा समन्वय तथा विपद् व्यवस्थापनजस्ता महत्वपूर्ण कामहरू प्रभावित भएका छन्। समयमै सेवा नपाउँदा सेवाग्राहीहरूले गुनासो गर्न थालेका छन्।
प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२ |
१५:०९:००
2883


















