प्रधानमन्त्री बालेन्द्र शाहले रास्वापको सिफारिसमा श्रम मन्त्री दीपककुमार साहलाई पदमुक्त
प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०८२ | १६:१५:००
चितवन, २६ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) को सिफारिसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। पार्टी सभापति रवि लामिछानेले साहको पदमुक्तिका लागि प्रधानमन्त्रीलाई पत्र पठाएका थिए।
पत्रमा भनिएको थियो कि मन्त्री साहले आफ्नो पदको दुरुपयोग गर्दै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा नियमित गराएका छन्, जसले पार्टीको छवि, आदर्श र मर्यादामा आँच पुर्याएको देखिएको छ।
पार्टी विधान अनुसार यस्तो अवस्थामा सभापतिले जिम्मेवारी फिर्ता बोलाउन सक्ने अधिकार राख्छन्। यस सन्दर्भमा, पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउने सिफारिस गरेको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२ |
१६:१५:००
3477



















