संघीय संसद्को चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य
प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०८२ | १८:५५:०१
चितवन, २६ चैत्र । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३(२) बमोजिम संवत् २०८२ साल चैत २७ गतेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार शुक्रवार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ र उक्त बैठकपछि चालु अधिवेशन औपचारिक रूपमा अन्त्य हुनेछ।
प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०८२ |
१८:५५:०१
2663



















