उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण, सभामुखसँग पहिलो औपचारिक भेट
प्रकाशित मिति: सोमबार, चैत्र ३०, २०८२ | १५:०१:१५
चितवन, ३० चैत्र । रुबीकुमारी ठाकुरले आज प्रतिनिधिसभाको उपसभामुख पदको पदभार ग्रहण गरेकी छन्।
गत चैत २७ गते प्रतिनिधि सभा बैठकबाट उक्त पदमा निर्वाचित ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी हुन्।
पदभार ग्रहण गरेसँगै उनले डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेटसमेत गरेकी छन्। भेटका क्रममा सभामुख अर्यालले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
प्रकाशित मिति : सोमबार, चैत्र ३०, २०८२ |
१५:०१:१५
2641



















