जबर्जस्ती करणी मुद्दाका फरार दोषी कञ्चनपुरबाट पक्राउ
प्रकाशित मिति: मंगलबार, बैशाख ०१, २०८३ | १८:५६:४०
चितवन, ०१ बैशाख । कञ्चनपुरमा जबर्जस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालतको वि.सं. २०६४ जेठ २० गतेको फैसलाअनुसार पुनर्वास नगरपालिका–२, अमरैयाका ५४ वर्षीय बुरु (बिरा) रानालाई तीन वर्ष कैद सजाय तोकिएको थियो। सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका उनलाई प्रहरीले खोजी गर्दै आएको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त टोलीले लुकीछिपी बसेको अवस्थामा उनलाई घरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका रानामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, बैशाख ०१, २०८३ |
१८:५६:४०
1849


















