बालेन शाहद्वारा समानुपातिक सांसदसँग आज अन्तरक्रिया, क्लस्टरगत समस्यामाथि छलफल हुने
प्रकाशित मिति: बुधबार, बैशाख ०२, २०८३ | ११:१३:३२
चितवन, ०२ बैशाख । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आज संसद्मा सबै दलका तर्फबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त कार्यक्रम आज मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ। कार्यक्रममा सहभागी सांसदहरूले आ–आफ्ना क्लस्टरअन्तर्गत रहेका समस्या, चुनौती र सम्भावित समाधानका उपायबारे धारणा राख्नेछन्।
जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गर्दै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ०२, २०८३ |
११:१३:३२
1013

























