नेप्से ३३.८३ अङ्कको गिरावट, कारोबार ९ अर्बभन्दा बढी
प्रकाशित मिति: बिहिबार, बैशाख ०३, २०८३ | १७:४९:४८
चितवन, ०३ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उल्लेखनीय रूपमा घटेको छ।
नेप्से ३३ दशमलव ८३ अङ्कले ओरालो लाग्दै दुई हजार ८३३ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ, जुन १.१८ प्रतिशतको गिरावट हो।
आज ३४२ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कारोबारमा सबै उपसूचकहरू घटेका छन् भने केही कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०३, २०८३ |
१७:४९:४८
177



















