त्रिभुवन विमानस्थल आजदेखि २७ दिनसम्म दैनिक ६ घण्टा ४५ मिनेट बन्द
प्रकाशित मिति: सोमबार, बैशाख ०७, २०८३ | १७:५७:५३
चितवन, ०७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि आउँदो जेठ ४ गतेसम्म दैनिक थप ६ घण्टा ४५ मिनेट बन्द हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस अवधिमा राति ११:४५ बजेदेखि भोलिपल्ट बिहान ६:३० बजेसम्म विमानस्थल बन्द रहनेछ। यसअघि भने विमानस्थल राति १ बजेदेखि बिहान ६ बजेसम्म मात्र बन्द गरिँदै आएको थियो।
सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आज (७ गते) देखि २७ दिनसम्मका लागि बन्द अवधि बढाइएको हो। रनवे विस्तारसँगै दक्षिणतर्फको ट्याक्सी वे र ह्यांगर क्षेत्रमा निर्माण कार्य गर्नुपर्ने भएकाले बन्द समय थप गरिएको हो।
प्रकाशित मिति : सोमबार, बैशाख ०७, २०८३ |
१७:५७:५३
309























